Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा गठबन्धनका उमेदवारको गाडी तोडफोड

0 132

धनगढी, २८ कार्तिक/कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेश सभा क्षेत्र ‘ख’ सत्तारुढ–गठबन्धनका साझा उम्मेदवार अमर बहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ ।

आईतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडी माथी तोडफोड भएको बताईएको छ । तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडि भागको सिसा फुटेको छ ।

आईतबार राति ८ बजे चुनावी प्रचार गर्न गाउँ घरमा गएको बेला रोकी राखेको गाडीमा तोडफोड भएको हो । गाडि तोडफोड गर्नेको पहिचान हुन नसकेको र गाडी तोडफोड गर्ने व्यक्तिहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

School
टिप्पणीहरू
Loading...