Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा कुटपिटबाट चौधरीको मृत्यु : घटनामा संलग्न २ जना अभियुक्त पक्राउ

0 173

कैलाली, ११ फागुन ।। कैलालीमा बिबाहको कार्यक्रममा कुटपिट पश्‍चात मृत्यु भएको घटनामा संलग्न दुईजना अभियुक्त पक्राउ परेका छन् ।

जिल्लाको भजनी नगरपालिका ९ स्थित बिबाहको कार्यक्रममा यही फागुन ७ गते नाचगान गर्ने क्रममा एक आपसमा बिवाद भई कुटपिट हुँदा २६ बर्षीय बसन्त चौधरी घाइते भएका थिए ।

घोडाघोडी अस्पताल सुख्खडमा सामान्य उपचार पश्‍चात थप उपचारको लागी कोहलपुर मेडिकल कलेजमा रिफर गरिएकोमा उपचारकै क्रममा उनको फागुन ८ गते मृत्यु भएको थियो । सोही घटनामा संलग्न भजनी नगरपालिका ९ का दिनेश बिष्ट, लक्ष्मण बराललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको बताइएको छ ।

टिप्पणीहरू
Loading...