Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको ३ पालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता

0 118

कैलाली, १ जेठ ।। कैलालीका तिन पालिकामा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम गरेको छ । निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको हो ।

यी तीन पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले पछि पारेका छन् ।

टीकापुर नगरपालिकामा चार हजार ४४९ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल थारु डगौराले १४९० मत ल्याएर अग्रस्थानमा छन् । नेपाली कांग्रेसका नवराज रावलले ७८१ र नेकपा एमालेका श्याम खत्रीले ६९६ मत पाएका छन् ।

उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी बिकले ११८७ मत ल्याएर अग्रता कायम राखेकी छन् भने उनलाई पछ्याइरहेकी माओवादी केन्द्रका खडक शाहले ९४५ र एमालेकी उपमा केसी ५५२ मत ल्याएकी छन् ।

जोशीपुर गाउँपालिकामा दुई हजार ४१९ मतको गणना सकिदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी ६४९ र उपाध्यक्षमा रेखा कठरियाले ६६७ मत पाएका छन् ।

अध्यक्षमा पदमा दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवारले ६२४ र उपाध्यक्षमा कांग्रेस उम्मेदवारले ४८४ मत पाएका छन् ।

भजनी नगरपालिकामा २९२८ मत गणना हुँदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ८१२ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवारले ८०२ र माओवादी केन्द्रका उम्मेदवारले ७२० मत पाएका छन् ।

उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ६९६ मत पाएका छन् भने एमाले उम्मेदवारले ८४१ र माओवादीका उम्मेदवारले ५४७ मत पाएका छन् ।

School
टिप्पणीहरू
Loading...