Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको सुखडमा सुविधा सम्पन्न घोडाघोडी जङ्गल रिसोर्ट सञ्चालनमा

0 197

पहलमानपुर, १९ जेठ ।। कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा १ सुखडमा नयाँ सुविधा सम्पन्न घोडाघोडी जङ्गल रिसोर्ट सञ्चालनमा आएको छ । घोडाघोडी नगरपालिकामा नगर प्रमुख खडक बहादुर रावत र लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले एक साथ रिबन काटेर घोडाघोडी जङ्गल रिसोटको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको लागी सुविधा सम्पन्न होटेल हुन सक्ने उनले बताए । मध्यवर्ती क्षेत्रमा सुविधा सम्पन्न होटेल खुल्नु राम्रो भएको नगर प्रमुख रावतले बताए । नगर प्रमुख रावतले परम्परागत शैलीमा व्यापार व्यवसाय नचल्ने बताउदै आधुनिक ढंगले रिर्साट सञ्चालनले पर्यटककको आगामन बढाएको उनले बताए ।

भिडभाड कोलाहल भन्दा शान्त वातावरण जङ्गल किनारमा बनाएको रिसोर्टमा एसी नन एसी सहितको सुविधा सम्पन्न कोठा, तालिम हल, पारिवारिक र क्याबिन छुट्टाछुट्टै रेस्टुरेन्ट प्रशस्त पार्कीङ्ग सुविधा रहेको युवा व्यवसायी सुरेन्द्र शाही ‘विवेक’ले बताए । रिसोर्टमा हरेक दिन विभिन्न स्थानीय परिकार स्वाद लिन समेत पाउने रिसोर्टका सञ्चालक सुरेन्द्र शाही ‘विवेक’ बताए । शान्त बातावरमा ग्राहकलाई सेवा दिनु नै हाम्रो रिसोर्टको मूल लक्ष्य भएको सञ्चालकले बताए ।

चैत्र १८ गते देखी नै रिसोर्ट सञ्चालनमा आए पनि तर बिहीबार देखी घोडाघोडी जङ्गल रिसोर्टलाई औपचारिक रूपमा ल्याइएको हो । यो बिचमा तत्कालका लागि आंशिकरुपमा सञ्चालनमा ल्याइएको थियो । दुई करोड भन्दा माथिको लगानीमा लज सहित होटेल सञ्चालनमा ल्याएको घोडाघोडी जङ्गल रिसोर्ट प्रा लिले जनाएको छ ।

उद्घाटन कार्यक्रममा लम्की चुहा नगरपालिका नगर प्रमुख शुसिला शाही, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँबर , कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बम, केन्द्रिय सदस्य भरत भट्टराई लगायत पर्यटन व्यवसायीको उपस्थिति रहेको थियो ।

Mayaram
टिप्पणीहरू
Loading...