पहलमानपुर, १३ कार्तिक ।। कैलाली जिल्लाको जोशीपुर गाउँपालिका ६ सिमरीमा ‘दिया दिवारी साँस्कृतिक मञ्च सिजन ९ अर्न्तगत नृत्य प्रतियोगिता हुन लागेको छ । स्थानिय एकिकृत लायन्स क्लबको आयोजनामा यहि कार्तिक १६ गते हिन्दुहरुको महानपर्व शुभदिपावलीको अवसरमा सो प्रतियोगिता आयोजना हुन लागेको हो ।
ग्रामिणभेगमा रहेका अवसर नपाएका प्रतिभाहरुलाई उजागर गराउने उदेश्यका साथ आयोजित प्रतियोगितामा ईच्छुक कलाकारहरुले सहभागिता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष प्रशान्त कठरियाले बताए । साथै प्रतियोगितामा प्रथम हुनेले १० हजार नगद, ट्रफि, प्रमाणपत्र, द्धितिय हुनेले ४ हजार नगद, ट्रफि, प्रमाणपत्र र तृतिय हुनेले सान्त्वना पुरस्कार पाउने छन् । प्रतियोगितामा जुनसुकै क्षेत्र र स्तरका कलाकारहरु सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
सो नृत्य प्रतियोगिता अवधिभर गायक आरके थारु, मोडेल बिर चौधरी, गितकार सुवेश कठरिया लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । कार्तिक १६ गते दिउँसो २ बजे पश्चात सुरु हुने प्रतियोगितामा सहभागि हुन चाहने प्रतियोगिहरुले ९ सय उनान्सय रुपैयाँ सहित सशुल्क नाम दर्ता गराउन सक्नेछन् ।
सफल उदघोषकहरु निरज बडायक र गोबिन्द कठरियाले संचालन गर्ने ‘दिया दिवारी साँस्कृतिक मञ्च सिजन ९ को तयारी द्रुत गतिमा भईरहेको आयोजकले जनाएको छ । सिमरी गाउँमा लामो समय देखि निरन्तर साँस्कृतिक कार्यक्रम हुँदै आएको छ ।

