Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको लौसामा आजबाट बृहत कठरिया साँस्कृतिक होरी महोत्सव सुरु

0 325

पहलमानपुर, १० चैत ।। कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ८ लौसामा बिहिबारबाट बृहत कठरिया साँस्कृतिक महोत्सव २०७८ सुरु भएको छ । स्थानिय जनकल्याण युवा क्लव तथा लौसा गाउँ समाजको आयोजनामा आजबाट सुरु भएको महोत्सव २ दिन सम्म चल्ने बताईएको छ ।

महोत्सवको पहिलो दिन आज १५ भन्दा बढि कठरिया गाउँका बुद्धिजिवी, समाजसेवि, राजनितिज्ञ, शिक्षक, कर्मचारी, जनप्रतिनिधी, कलाकार, पत्रकारहरुको उपस्थितीमा सो समुदायको हक, अधिकारको बिषयमा बृहत छलफल, अन्तरक्रिया गरिएको आयोजक क्लबका सल्लाहकार लौटन कठरियाले बताए । उनले भने हामीले कठरिया समाज नेपालको नयाँ कार्यसमिती चयन गर्ने भनिए पनि पत्रचार गरिए अनुसार उपस्थिती नभएपछि सो कार्य तत्काललाई स्थगित गरि समुदायको हितमा अन्य कार्यको निर्णय गरेका छौं ।

275766660 513581876797317 3904266609695285315 n

आफ्नो छुट्टै भाषा, कला, संस्कृति र पहिचानको धनि कठरिया समुदाय भएतापनि चाडपर्ब मनाउने कार्यमा एकरुपता नभएको कार्यक्रममा सहभागिहरुको भनाई रहेको थियो । यसका लागि एक रुपता ल्याई चाडपर्व भब्य र सभ्य रुपमा मनाउनु पर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

उक्त महोत्सवको दोस्रो दिन शुक्रबार (चैत्र ११) साँस्कृतिक कार्यक्रम बिशेष हुने आयोजकले बताएको छ । सो दिन कठरिया समुदायको चर्चित ठाढी, कलाकार, मिच्वा, छुट्टा होरी, भक्तुवा नाच, बैरासु, बेहु, डफको गीत लगायतको बिशेष प्रस्तुती रहने कार्यक्रमको प्रबर्द्धक समेत रहेका कैलारी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष दुखिराम कठरियाले बताए । उनले भने कार्यक्रममा स्थानिय कठरिया समुदायका कलाकारहरुको समेत बिशेष प्रस्तुती रहने छ ।

दोस्रो दिनको साँस्कृतिक कार्यक्रम बिशेष महोत्सवको उद्घाट्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने कार्यक्रम रहेको आयोजकको भनाई रहेको छ । कार्यक्रममा कैलाली जिल्ला तथा छिमेकी भारतमा रहेका ५६ भन्दा बढि कठरिया गाउँको साँस्कृतिक प्रस्तुती सहित सहभागिता रहने अनुमान गरिएको छ ।

School
टिप्पणीहरू
Loading...