Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको मुनुवामा सांस्कृतिक कार्यक्रम सम्पन्न

0 33

पहलमानपुर, २९ असोज ।। कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं. ४ मुनुवा गाउँमा दशैंको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता विहिवार सम्पन्न प्रतियोगिता भएको छ । ‘भाषा, भेषभुषा, कला संस्कृति हम्मर शान, आदिवासी थारु हम्रे बचाई अपन पहिचान’ भन्ने मुल नाराका साथ मुनुवा युवा क्लबको आयोजनामा सो कार्यक्रम भएको हो ।

gauriganga 9 1

क्लबका अध्यक्ष सुरेन्द्र कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतौं रहेकी थिइन् भने बिशिष्ट अतिथीहरुमा जानकी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष गगन सिंह चौधरी, मुनुवा गाउँका भल्मन्सा तिर्थराज कठरिया लगायत अतिथीहरु रहेका थिए ।

सांस्कृतिक नाच तथा फेसन शो र विभिन्न कलाकारहरुको खुल्ला नृत्य प्रस्तुत गरिएको सो कार्यक्रममा नृत्य प्रतियोगितामा प्रथम हुने तिरीसा रावत, द्धितिय सबना कठरिया र तृतिय नमुना कठरियालाई कार्यक्रमका प्रमुख अथिती र विशिष्ट अतिथीहरुले सम्मान सहित पुरस्कार प्रदान गरेका थिए ।

cfcc

लोटस डान्स एकेडेमी टिकापुरका कमल सुवेदी र बहुआयामिक डान्स क्लब सडकपुर बौनियाँका ब्रिजेश डंगौराले निर्णायकको भुमिका निर्बाह गरेको नृत्य प्रतियोगितामा मुनुवा गाउँका कलाकारहरु सहभागि भएका थिए । सोहि अवसरमा प्रतियोगिताका विजेताहरुलाई लोटस डान्स एकेडेमी टिकापुरले ३ महिना निशुल्क नृत्य सिकाउने घोषणा गरेको छ ।

उक्त कार्यक्रममा थारु गायक तुफान राजबंशी, मोडल मन कुमारी चौधरी, अशोक चौधरी, अंकित डंगौरा लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती प्रदर्शन गरेको क्लबका अध्यक्ष सुरेन्द्र कठरियाले बताए । मुनुवा युवा क्लबले लामो समय देखि विभिन्न सामाजिक, जनचेतनामुलक र सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

टिप्पणीहरू
Loading...