Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको भजनीमा शनिदेव पृथ्वीपुर चर्रा धार्मिक ज्ञान महायज्ञ हुने

0 84

जय कठरिया, १६ पौष ।। कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ७ चर्रामा शनिदेव पृथ्वीपुर चर्रा धार्मिक ज्ञान महायज्ञ २०७८ हुने भएको छ । शनिदेव मन्दिरको सर्वाङ्गिण विकास तथा दिब्य धाम निर्माणका लागि महायज्ञ माघ ३ गते देखि १० गते सम्म हुन लागेको हो ।

योग विज्ञान शिविर तथा वाल संस्कार कार्यक्रम समेत हुने महायज्ञको प्रमुख कथा वाचक पुज्य अच्युत शरण जी महाराज, उद्घोषक गोपाल सम्राट रहेका छन् । सो महायज्ञमा तुलादान, भुमिदान, अन्नदान, गौदान र प्रतिदान गर्न सकिने शनिदेव पृथ्वीपुर चर्रा धार्मिक ज्ञान महायज्ञ मुल आयोजक समितीले जनाएको छ ।

यसैबीच शनिदेव पृथ्वीपुर चर्रा धार्मिक ज्ञान महायज्ञको आज एक कार्यक्रमका बीच सचिवालयको उद्घाट्न गरिएको छ । महायज्ञ संयोजक संजय सक्सेनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी भजनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अमर बहादुर कठरिया रहेका थिए । सचिवालयबाट महायज्ञको सम्पुर्ण तयारी स्वरुप गरिने कार्य संचालन गरिने बताईएको छ ।

School
टिप्पणीहरू
Loading...