Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको बर्दगोरियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु

0 120

कैलाली, ८ असार ।। कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा सेप्टीट्याङ्कीमा डुबेर एक बालिकाको ज्यान गएको छ।

मंगलबार साँझ करिब ७ बजे खेल्ने क्रममा सेप्टीट्याङ्कीमा खसेर लम्की चुहा नगरपालिका कौवापुरका शङ्कर माझीकी दुई वर्षीया छोरी बिपना माझीको ज्यान गएको हो। मृतक बालिकाकी आमा पवित्रा माझीका अनुसार मंगलबार साँझ साढे ६ बजे घर बाहिर बसेर खेल्ने क्रममा बिपना सेप्टीट्याङ्कीमा खसेकी थिइन्।

उनले ६:४० मा छोरी हराएमा ७:१० मा घरकै सेप्टीट्याङ्कीमा फेला परेकी बनाइन्। अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको उनले बताइन्। सेप्टीट्याङ्कीको सडक पट्टीको भागमा पहिलादेखि नै सानो प्वाल परेकोमा बिपना त्यसैबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ।

BHATBHATENIDHNG 20220610095338
Jay Bajrang
School
टिप्पणीहरू
Loading...