पहलमानपुर, २७ जेठ ।। कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ९ स्थित माेहन्याल आधारभुत विद्यालयमा १ काेठे भवन शिलान्यास गरिएकाे छ । एनआरएन स्विजरल्याण्डकाे आर्थिक सहयाेगमा सहयाेग नेपालकाे सक्रियतामा निर्माण हुन लागेकाे साे बहुउद्देश्यीय भवनकाे शुक्रबार शिलान्यास गरिएकाे हाे ।
साेहि विद्यालयमा अध्ययन गरि हाल राष्ट्रिय कलाकारकाे रुपमा ख्याती प्राप्त गायक हेमराज थापा ‘बाबुराजा’ ले भवनकाे शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै गायक थापाले आफुले बाल्यकालमा अध्ययन गरेकाे विद्यालयकाे भवन शिलान्यास गर्न पाउँदा हर्षित भएकाे बताए । साथै उनले आफुले साे विद्यालयकाे स्तरउन्नती गराउन सक्दाे सहयाेग गर्ने बताए ।
५ लाख ५० हजारकाे लागतमा निर्माण हुन लागेकाे बहुउद्देश्यीय भवनमा बालबालिकाहरुकाे थप सिकाईका कृयाकलापहरु संचालन गर्न सकिने सहयाेग नेपालका अध्यक्ष प्रकाश मिश्रले बताए । उनले भने ‘हामी विद्यालयमा भवन अभाव भएकाे मध्यनजर गर्दै सानाे सहयाेग गर्ने प्रयास गरिरहेका छाैं । यसमा स्थानीयहरुकाे साथ, सहयाेगकाे अपेक्षा गर्दछाैं ।’
उक्त भवन निर्माण कार्यकाे सुरुवात शिलान्यास लगत्तै हुने बताईएकाे छ ।

