Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको घोडाघोडी– २ मा एमालेका चौधरी विजयी

0 123

कैलाली, १ जेठ ।। कैलालीको घोडाघोडी नगरपालिका– २ को वडाध्यक्षमा नेकपा एमालेका लक्ष्मी प्रसाद चौधरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रण बहादुर भण्डारालाई पराजित गर्दै उनी १ हजार २७ मतका साथ विजयी भएका हुन् ।

रण बहादुर भण्डाराले ७ सय ८ मत प्राप्त गरेका छन् ।  त्यसै गरी महिला सदस्यमा नेकपा एमाले बाट कला देवी सिंह ८ सय ९४ मत, दलित महिला सदस्य  नेपाली काँग्रेस बाट गीता सुनार ११ सय ४० मत, खुल्ला सदस्य द्वय नेपाली काँग्रेस बाट भीम बहादुर भण्डारा ९ सय ६१ मत र नेकपा एमाले बाट राम सुन्दर चौधरी ९ सय ८० मत ल्याई विजयी भएका छन् ।

वडा नम्बर २ मा २ हजार ५ सय ५९ मत खसेको थियो । यस अधि २०७४ को स्थानीय चुनावमा नेपाली काँग्रेसका हरि राज विष्ट विजय भएका थिए ।

School
टिप्पणीहरू
Loading...