Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको घोडाघोडीमा हाई मास्ट ‘बत्ती’ जडान

0 128

कैलाली, १२ श्रावण ।। कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड चोक स्थित भारी प्रकाश सहितको बत्ती (हाई मास्ट) जडान गरिएको छ । १५ मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित ८ वटा लाइट एक साथ झलमल बालिएको छ । उक्त हाई मास्ट बत्तीको साँझ बिहीबार नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले रिबन काटेर र स्विच अन गरेर उद्घाटन गरेका गरेका थिए ।

नगर प्रमुख रावतले हाई मास्टको सफल प्रयोगपछि थप बजार क्षेत्रमा समेत बत्ती जडान गर्न सकिने विश्वास दिलाए । अहिले हामीले परीक्षणका लागी सुखड चोकमा हाई मास्ट राखेको बताउँदै नगर प्रमुख रावतले अझै ३ ठाउँमा राख्ने कुरा भएको उनले बताएका छन् । यस्तो बत्ती राख्दा दुर्घटना पनि कम हुने र बजारको  शोभा दिने हुँदा अन्य साडेपानी, घोडाघोडी मन्दिर क्षेत्र र पहलमानपुर बजार चोकमा बत्ती जडान गर्ने उनले जानकारी दिए ।

उज्यालो बजार अभियान अन्तर्गत मुख्य बजार क्षेत्रका चोकहरूमा ‘हाइमास्ट लाइट’ जडान गरीएको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाण्डौँको १० लाख र घोडाघोडी नगरपालिको ४ लाख ६१ हजार गरी जम्मा १४ लाख ६१ हजार रुपैयाँमा काठमाडौँ इनर्जी प्रालिले ठेक्का मार्फत सो बत्ती जडान गरेको हो ।

हाई मास्ट बत्ती उद्घाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम ओझा, वडा नम्बर ४ का वडा अध्यक्ष भरत बहादुर शाही, वडा नम्बर ९ का वडा अध्यक्ष हरिस चन्द्र शाह, प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्य,नगरपालिका कर्मचारी,व्यापारी लगायत स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो ।

School
टिप्पणीहरू
Loading...