Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको घोडाघोडीमा आगलागीबाट एकको मृत्यु

0 35

कैलाली, ३ मंसिर ।। कैलालीको घोडाघोडीमा आगोले जलेर ६० वर्षीय वृद्धको मृत्यु भएको छ । गएराति घोडाघोडी नगरपालिका–११ आम्बासाका ६० वर्षीय जितबहादुर डंगौराको आगोले जलेर मृत्यु भएको हो ।

घर नजिकैको झुपडीमा सुतिरहेको अवस्थामा चुलोमा बालेको आगोबाट आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

आगलागीबाट झुपडी पूर्ण रूपमा जलेर नस्ट भएको बताइएको छ ।

टिप्पणीहरू
Loading...