कठरिया सन्देश

१९ फाल्गुन २०८०, शनिबार

  • gold Teach Computer
    gold Teach Computer
  • कैलालीको कैलारी गाउँपालिकामा माघीको तीन दिन बिदा

    कैलालीको कैलारी गाउँपालिकामा माघीको तीन दिन बिदा
    Spread the love

    कैलाली, २७ पुष ।। कैलालीको थारु बहुल कैलारी गाउँपालिकाले थारु समुदायको सबैभन्दा ठूलो पर्व माघ (माघी) पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो गाउँपालिकाको कार्यालयपालिका बैठकले गाउँपालिकाभरि माघको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।

    पुस ३० देखि माघ २ गतेसम्म सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैङ्क तथा वित्तीय संस्थामा तीन दिन बिदा रहने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए । माघ थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । यसै गरी नयाँ वर्ष पनि ।

    कैलारी गाउँपालिकामा ९७ प्रतिशत थारु जातिको बसोबास रहेको छ । थारु समुदायले तीन दिन धुमधामका साथ पर्व मनाउने गरेकाले गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको सूचना अधिकारी कलेलले बताए । अघिल्लो वर्ष पनि सो गाउँपालिकाले माघको अवसरमा तीन दिन सार्वजनिक बिदा दिदैं आएको थियो ।

    माघी पर्वबाट थारु समुदायको नयाँ वर्ष पनि सुरु हुने गर्दछ । यो समुदायका मानिसले पुस अन्तिम् दिनदेखि माघ २ गतेसम्म धुमधामका साथ माघी पर्व मनाउने गरेका छन् । पर्व नजिकिएसंगै थारु बस्तीमा चहलपहल सुरु भइसकेको छ । माघमा धमार गाउने र मघौटा नाच नाचेर मनोरञ्जन गर्ने चलन रहेको छ ।

    माघ पर्वको अवसरमा सो गाउँपालिकाको वनदेवी, अपरम्पार बाबा लगायतका ठाउँमा माघी मेलासमेत लाग्ने गरेको छ । यद्यपि, यस वर्ष कोरोना महामारीको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले मेला, महोत्सव नगर्न जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD