कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • कैलालीका दुई पालिका द्धारा श्रावण २ गते कमैया मुक्ति दिवशको अवसरमा स्थानिय विदा

    कैलालीका दुई पालिका द्धारा श्रावण २ गते कमैया मुक्ति दिवशको अवसरमा स्थानिय विदा
    Spread the love

    पहलमानपुर, १ श्रावण ।। कैलालीका दुई पालिकाले कमैया मुक्ति दिवशको अवसरमा स्थानिय विदा दिने निर्णय गरेका छन् । जिल्लाको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले सो दिवशको अवसरमा श्रावण २ गते स्थानिय विदा दिने निर्णय गरेका हुन् ।

    भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाको कार्यपलिका बैठकले कमैया मुक्ति घोषणा भएको दिन पालिका भरि स्थानीय बिदा दिने निर्णय गरेको हो । तत्कालीन सरकारले २०५७ श्रावण २ गते कमैयाहरुलाई मुक्त भएको घोषणा गरेको थियो । उक्त दिनको सम्झनामा मुक्त कमैयाहरुले हरेक वर्ष कमैया मुत्ति दिवस भब्य रुपमा मनाउँदै आएका छन् ।

    सोही दिन भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वडा कार्यालयहरु र सम्पूर्ण शैक्षिक तथा स्वास्थ्य संस्थामा स्थानीय बिदा दिने सूचना प्रकाशित गरी सो पालिका स्रोतले जानकारी दिएको छ ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD