पहलमानपुर, ११ जेठ ।। धान उत्पादनका लागि उर्वर मानिएकाे कैलालीका किसान बर्खे खेतिकाे तयारीमा जुटेका छन् । बर्खे खेति समय मै राेप्नका लागि किसानहरु विउविजन राख्ने देखि लिएर कृषि उपकरण तयार पार्नमा जुटेका हुन् ।
आफुहरु हाल धानकाे बीउ राख्ने, खेतीयोग्य जमिन खनजाेत गर्ने, प्राङ्गारिक मल खेतमा हाल्ने, कृषि उपकरणहरु तयार पार्ने लगायतकाे तयारी गरिरहेकाे घाेडाघाेडी नगरपालिारका वडा नं. ११ सिसैयाका कृषक राजेश कठरियाले बताए ।
उनले भने अघिल्लाे बर्षहरुमा अहिले सम्म रासायनिक मलखादकाे जाेहाे पनि गरि सक्थ्याैं याे बर्ष केहि अत्ताे पत्ताे नै छैन् । बजारमा मल खाेज्न भनि दिनकै जान्छाैं,आउँदैछ, आउँदैछ भन्छन् कहिले पाे आउने हाे ।
जेठ महिनाकाे पहिलाे साताबाट धानकाे बीउ राख्न सुरु गरेकाे भएपनि कतिपय किसानहरुले अहिले पनि राखिरहेका छन् । विउ राखिसकेका किसानहरु खेतकाे अन्य काममा अचेल ब्यस्त देखिन्छन् ।
विशेषतया कैलालीमा असार महिना देखि किसानहरु राेपाई सुरु गर्ने गरेकाे कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र प्रसाद शर्माले बताए । ग्रामीण क्षेत्रका अधिकांश भागमा अहिले पनि परम्परागत शैलिमा राेपाईं गर्ने गरेकाे भएपनि केहिले विस्तारै आधुनिक कृषि यन्त्रकाे प्रयाेग समेत गर्न थालेकाे उनी बताउँछन् ।

