कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • कैलालीका किसान पानी नपर्दा चिन्तित

    कैलालीका किसान पानी नपर्दा चिन्तित
    Spread the love

    कैलाली, ९ असार ।। कैलालीका किसान पानी नपर्दा चिन्तित बनेका छन् । बर्षात र रोपाइँको सिजनमा सुरु भएपनी कैलालीमा आकाशे पानी नपर्दा किसान चिन्तीत भएका हुन् । त्यसैमा  महँगो डिजेल र मल समस्याका कारण चिन्तित बनाएको छ  कैलालीका किसानलाई । कैलारी गाउँपालीका ५ पबेराका वीरबहादुर चौधरी रोपाइँको सिजनमा महँगो डिजेल र मल समस्याका कारण चिन्तित छन्। यसपालिको धान खेती गरेर पार नलाग्ने सोचमा उनी छन् ।

    किसानको समस्या त कसैले सुन्दैनन् वीरबहादुर चौधरीले भने–‘मलखाद त पाइँदैन महँगो डिजेलले थप समस्या भएको छ ।’ वीरबहादुर एक प्रतिनिधि पात्र मात्रै हुन् कैलालीका किसानहरूलाई यस वर्षको धान खेती गर्न निकै धौधौ परेको छ । कैलालीमा अहिलेसम्म वर्षात् सुरु नहुँदा रोपाइँ गर्न निकै समस्या हुन लागेको हो । असार पहिलो सातासम्ममा धान रोपाइँमा कैलालीका किसानहरू फाट्टफुट्ट व्यस्त देखिए पनि माना रोपेर मुरी फलाउने किसानहरूलाई डिजेलको मूल्य बढेर थप समस्यामा परेका छन् ।

    किसानहरूको खेतमा रोपेको धान पनि र धानका बेर्ना पनि सुक्न थालेका छन् । पानी नपर्दा डिजेल प्रयोग गरेर बोरिङबाट सिँचाइ गर्नुपर्ने बाध्यता भएको कैलारी गाउँपालिका–५ पबेराका धनियाँदेवी चौधरीले बताउँछिन् । पानी नपर्दा खेतमा निकै मेहेनत गरेर रोपेको धान पनि सुक्न थालेका छन् । लालीका अधिकांश किसानहरू आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गर्दछन्। तर, असारको पहिलो सातासम्म पनि मनसुन सुरु नहुँदा यहाँका किसानहरू आकाश हेरेर बस्नुपर्ने बाध्यता छ। यसपालिको धान रोपाइँ गर्न निकै महँगो परिरेहको कैलारी–५ पबेराको जनक चौधरीको गुनासो छ।

    डिजेल महँगो, मलखाद महँगो कसरी किसानले खेती गर्ने वीरबहादुरको दुःखेसो छ । पानी नपर्दा छेउछाउमा भएका पोखरी तथा नालामा भएको पानी पनि सकिन लागेको छ । मनसुन छिट्टै सुरु हुन लागेकोले धान रोपाइँ पनि छिटो नै गर्ने सोच बनाएको किसानहरूको अहिले मनसुन कुरेर बसेका छन्। “सरकारले कहिल्यै किसानका समस्याबारे केही बोल्दैन । यसपालि रोपाइँमा लागत खर्च बढ्ने भयो, डिजेल पनि बढ्यो मलखाद अभावमा किसानको मिहिनेत धेरै भयो उत्पादन नभएपछि खर्च पनि नउठ्दैन।” कैलारी–५ सडकपुरका किसान खुसीराम चौधरीको पीडा छ । समयमा धान रोपाइँ गर्न नसक्दा उत्पादन पनि कम हुने चिन्ता किसानलाई परेको छ । सरकारले कृषिमा अर्बौको लगानी गरेको भए पनि खेतमा अझ पनि पानी पुग्न नसकेको किसानहरू बताउँछन् ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD