Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीकाे घाेडाघाेडी स्थित एक घरमा आगलागी, ५ लाख भन्दा बढिकाे क्षति

0 834

पहलमानपुर, २७ बैशाख ।। कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ तिल्कहनिपुर टाेल स्थित एक घरमा आगलागी भएकाे छ । मंगलबार ४५ बर्षीय रामप्रसाद चाैधरीकाे घरमा अचानक बिद्युत सर्ट भई आगलागी भएकाे हाे ।

आगलागीबाट घरमा सुतिरहेका दुई आमाछाेरी मनिषा चाैधरी (३३ बर्ष) र नाईरा चाैधरी (५ बर्ष) घाईते भएका छन् । यस्तै आगलागी नियन्त्रण गर्न गएका दुई स्थानीयहरु राजकुमार चाैधरी (३५ बर्ष) र सपना चाैधरी (२० बर्ष) समेत सामान्य घाईते भएकाे पिडितका भाई रुपलाल चाैधरीले बताए । उनका अनुसार घाइतेहरुकाे पहलमानपुर बजार स्थित स्वास्थ्य संस्थामा उपचार भईरहेकाे छ ।

aajlagi 3

आगलागीबाट दुई भखारी धान, गहुँ लगायतका अन्नबाली, खाट, टेवल, कुर्सी, २ माेबाईल सेट, पंखा, लत्ताकपडा, ५ जना विद्यार्थीहरुका शैक्षिक प्रमाणपत्रहरु पुर्ण रुपमा जलेर नष्ट भएकाे छ ।

बिहान लगभग ६ बजेर ४५ मिनेटमा भएकाे आगलागी लगभग ३० मिनेटमा स्थानीयहरुकाे सक्रियतामा नियन्त्रणमा आएकाे पहलमानपुर प्रहरी चाैकीका प्रहरी सहायक हवल्दार ईन्द्र कडायतले बताए । साे घर भित्र राखेका अन्नवाली, सरसामान, लुगाकपडा, महत्त्वपूर्ण कागजात, नगद गरि ५ लाख रुपैयाँ भन्दा बढिकाे क्षति भएकाे उनले बताए ।

IMG 20220510 075021

School
टिप्पणीहरू
Loading...