Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारी ८ मा नेपाली काँग्रसको पक्षमा जनलहर

0 837

पहलमानपुर, २२ बैशाख ।। आसन्न स्थानिय तहको निर्बाचन आउन अब थोरै समय मात्र बाँकी छ । निर्वाचन नजिकिए सँगै कुनै पनि पार्टी समर्थकहरु अचेल खुलेरै प्रशंसा र प्रचारप्रसारमा होमिएको देखिन्छन् ।

यस्तै जिल्लाको कैलारी गाउँपालिका वडा नं. ८ मा पार्टी समर्थक, नेता, कार्यकर्ता, सहयोगी, शुभचिन्तकहरुको ठुलो भिड नेपाली काँग्रेसको पक्षमा देखिन्छ । वडाको सम्पुर्ण टोलहरुबाट सो पार्टी समर्थकहरु सयौंको संख्यामा स्वस्फुर्त रुपमा घरदैलो तथा प्रचारप्रसारमा सहभागी भएकै कारणले वडामा नेपाली काँग्रेसको पक्षमा जनलहर भएको सहजै अनुमान गर्न सकिन्छ ।

2

उक्त वडामा नेपाली काँग्रसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार तारामल कठरियाको टिम निर्बाचनमा सहभागि भएको छ । उनि सँगै खुल्ला सदस्यमा माघुराम चौधरी, विजय कुमार चौधरी, महिला सदस्य लक्ष्मी देवि चौधरी र दलित सदस्य भुमा परियार वडाको विकास र निकासका लागि निर्बाचनमा सहभागि भएका छन् ।

उम्मेदवारहरु ईमान्दार, क्षमतावान, शिक्षित र निरन्तर सामाजिक कृयाकलापमा सहभागि भईरहेका ब्यक्तित्वहरु भएकै कारण उनिहरुको पक्षमा वडाबासीहरु स्वर्स्फुत रुपमा सहयोग गरिरहेको कैलारी गाउँपालिका वडा नं. ८ पृथ्वीपुर का स्थानिय युवा दिपक उमारले बताए । उनले भने वडाध्यक्षका उम्मेदवार लगायतको टिम यस अघि वडा सदस्य भई ५ बर्षे कार्यकालमा जनताको सेवामा खटिसकेकाले उनिहरुलाई वडा सरकार संचालनको अनुभवका छ । काम गर्ने शैलि समेत पुर्ण रुपमा जनहितकारी छ त्यसैले सो टिमको विकल्प छैन् ।

9

बुधवार मात्रै सो वडामा संचालित घरदैलो तथा प्रचारप्रसार कार्यक्रममा पैदल सहित साईकल, मोटर साईकल, अटो, ट्रेक्टरमा सवार ३०० भन्दा बढि नेपाली काँग्रेस समर्थकहरुको उत्साहजनक सहभागिता रहेको थियो । चुनावी प्रचारप्रसार दैनिक रुपमा वडाको विभिन्न टोलहरुमा संचालन भईरहेको बताईएको छ ।

School
टिप्पणीहरू
Loading...