Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारी–८ मा काँग्रेसका तारामल कठरिया प्यानल सहित विजयी

0 152

पहलमानपुर, ४ जेठ ।। कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ८ मा नेपाली काँग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार तारामल कठरिया पुरै प्यानल सहित विजयी भएका छन् ।

उनि निकटम प्रतिद्धन्दी निवर्तमान वडा अध्यक्ष समेत रहेका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दुखिराम कठरियालाई ४ सय ८१ भारी मत अन्तरले हराउँदै वडा अध्यक्षमा निर्बाचित भएका हुन् ।

विजय भएका नेपाली काँग्रेसका तारामल कठरियाले १ हजार ३ सय ६१ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्धन्दी माओवादी केन्द्रका दुखिराम कठरियाले ८ सय ८० मत प्राप्त गरेका हुन् ।

यस्तै खुल्ला सदस्यमा नेपाली काँग्रेसका माघुराम चौधरी, विजय कुमार चौधरी, महिला सदस्य लक्ष्मी देवि चौधरी र दलित सदस्य भुमा परियार विजय भएका छन् ।

गाउँपालिकामा यसअघि नेपाली काँग्रेसले वडा नम्बर १ धोजहरिपाल बोहरा, २ मा विकास चौधरी, ३ मा सन्तराम चौधरी र वडा नम्बर ४ मा ठागुराम चौधरी र ५ मा विष्णुप्रसाद चौधरी र वडा नम्बर ६ मा प्रेम चौधरी र वडा नम्बर ७ मा दिपेन्द्र बम आफ्नो प्यानल सहित विजयी भैसकेका छन् ।

School
टिप्पणीहरू
Loading...