Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारी २ उत्तर मझरामा आज बृहत् साँस्कृतिक कार्यक्रम हुँदै

0 98

पहलमानपुर, १४ कार्तिक ।। सरस्वती जनहित युवा क्लब कैलारी गाउँपालिका २ उत्तर (कठरिया) मझरामा आज (शनिवार) कठरिया थारु भजहर विशेष बृहत् साँस्कृतिक तथा साँगितिक प्रदर्शनी कार्यक्रम २०७९ हुन गईरहेकाे छ ! साँझपख ५ बजे पश्चात् सुरु हुने कार्यक्रममा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरि सकिएकाे आयाेजकले जनाएकाे छ ।

थारु भाषा, संस्कृति र माैलिक पहिचानलाई जगेर्ना गर्ने उदेश्यका साथ आयाेजना गरिएकाे कार्यक्रम संचालन गर्न आवश्यक कार्यक्रम स्थल सरसफाई, मञ्च बनावट तथा सजावट, अतिथिगणहरुलाई पत्राचार, कार्यक्रम बारे प्रचार प्रसार लगायतकाे कार्य गरिसकेकाे आयाेजक क्लबका अध्यक्ष मनाेज चाैधरीले बताए ।

आमन्त्रित कलाकारहरु पनि आउनेक्रम जारी छ र हाम्राे पालिकाका विभिन्न गाउँकाे झाँकीहरु समेत तयारी अवस्थामा छ उनले भने । आयाेजक क्लवकाे प्रस्तुति समेत तयारी अवस्थामा रहेको आयाेजकले जनाएकाे छ ।

School
टिप्पणीहरू
Loading...