Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारीमा जीवन बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम

0 204

पहलमानपुर, २५ भदाैं ।। जीवन बिमा सम्बन्धि स्थानीय सरोकारवाला संगकाे अभिमुखिकरण कार्यक्रम कैलालीकाे कैलारी गाउँपालिका वडा नं. १ हसुलियामा सम्पन्न भएकाे छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेश साखाकाे आयाेजनामा १ दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

सन नेपाल लाइफ इन्स्योरेन्स धनगढी साखाका प्रमुख योगेन्द्र बिक्रम अधिकारीकाे सभापतित्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथी कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी रहेका थिए । यस्तै साेहि गाउँपालिकाकी उपाध्यक्ष भगवती चाैधरी बिशिष्ट अथिती रहेकाे कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाका वडा अध्यक्षहरुकाे सहभागीता रहेकाे थियाे ।

सन नेपाल लाईफ इन्स्योरेन्स सुखड साखाका प्रमुख शाहदेव चाैधरीकाे स्वागत मन्तब्य सँगै सुरु भएकाे अभिमुखिकरणमा सहभागीहरुलाई जीवन बिमाकाे संक्षिप्त परिचय, प्रकार र आवश्यकताकाे बारेमा प्रकाश पारिएकाे थियाे । उक्त कार्यक्रममा संस्थाले सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत हसुलिया बजारमा रहेकाे दिपेन्द्र माध्यमिक विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने उदेश्यले २५ हजार रुपैयाँ बराबरकाे चेक विद्यालयका प्रधानाध्यापक विनाेद भट्टराईलाई हस्तान्तरण गरेकाे छ ।

सन नेपाल लाइफ ईन्स्याेरेन्सकाे केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी रचना घिमिरे र सुदूरपश्चिम साखाका प्रमुख लक्ष्मीकान्त जैशीले सहजिकरण गरेकाे अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले पालिकाका ९ वटै वडाहरुमा जीवन बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयाेजना गरिनुपर्ने माग गरेका थिए ।

School
टिप्पणीहरू
Loading...