कृषकलाई तत्काल राहत उपलब्ध गराउन माओवादी केन्द्रको आग्रह
कार्तिक ०२ सुखड । नेपाल कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगर कमिटीले कृषकहरूलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण कृषकहरूको धान बाली नष्ट गरेको हुँदा क्षतिको डाटा सङ्कलन गरी राहत उपलब्ध गराउन नेपाल कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र) आग्रह गरेको छ ।
मङ्गलवार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दे वर्ष भरी दुख गरेर किसानहरूले उत्पादन गरेको धान घरमा भण्डारण गर्न नपाई भीषण वर्षातले नष्ट गरेको प्रति हाम्रो पार्टी दुख व्यक्त गर्दछ । नगर कमिटी सचिव खगेन्द्र हमालद्वारा हस्ताक्षर गरीएको एक प्रेस विज्ञप्तिमा कृषकहरूलाई हुन गएको क्षतिको अनुपातमा छिटो भन्दा छिटो अनुगमन गरी धानको क्षतिको डाटा संलकन गरी तत्काल राहत प्रदान गर्न स्थानीय, प्रदेश र केन्द्र सरकार सँग जोडदार माग गर्दछौँ ।
घोडाघोडीका सम्पूर्ण कृषकहरूलाई राहत दिलाउन हाम्रो पाटी घोडाघोडी नगर कमिटी हदै सम्मको प्रयास गर्ने प्रतिबद्धता गर्दछौँ विज्ञप्तिमा भनिएको छ ।
