Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

किसानलाई सतप्रतिशत अनुदानमा गहुँको बीउ दिइने

0 11

कैलाली, २३ कार्तिक ।। कैलालीको कैलारी गाउँपालिकाले किसानलाई सतप्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । सो गाउँपालिकाको कार्यपालिका बैठकले बाढी प्रभावित किसानलाई सतप्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउने निर्णय गरेको हो ।

कात्तिक पहिलो साता आएको बेमौसमी बाढीले सो गाउँपालिकामा किसानको धानबालीमा ठूलो नोक्सान गरेको थियो । धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलनको कार्य जारी रहेको जनाइएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार किसानलाई राहत नदिएर हिउँदे बालीको बीउ सतप्रतिशत अनुदानमा उपलब्ध गराउने गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।

बैठकले १० कट्ठासम्म धानबालीमा क्षति भएको किसानलाई ४० केजी गहुँको बीउ पूर्ण अनुदानमा दिने निर्णय गरेको छ । यसैगरी, १० कट्ठादेखि एक बिघा जमिनमा धानबाली नोक्सान भएका किसानलाई ८० केजी गहुँको बीउ दिइने गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।

यस्तै, एक देखि दुई बिघा जमिनको धानबाली नोक्सान भएका किसानलाई १२० केजी र दुई बिघा भन्दा माथि जग्गाको धानबाली नोक्सान भएका कृषकलाई सतप्रतिशत अनुदानमा २४० केजी गहुँको बीउ उपलब्ध गराइने जनाइएको छ । मकै र चैते धान खेती गर्ने किसानलाई पनि सतप्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिए ।

टिप्पणीहरू
Loading...