कार्तिक ३० गते नेपाल बन्दको घोषणा
काठमाडौँ, २५ कात्तिक । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेत्रवक्रिम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले बिहीबार विज्ञप्ति जारी गर्दै ३० गते नेपाल बन्दको घोषणा गरेका छन् ।
उक्त पार्टीले बिहीबार देखि नै पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारले बुधबार राति देखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको थियो ।
