कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • काठमाडौं बालेनकाे जित सुनिश्चित, २२ हजार मत गन्न बाँकी २० हजारकाे अग्रता

    काठमाडौं बालेनकाे जित सुनिश्चित, २२ हजार मत गन्न बाँकी २० हजारकाे अग्रता
    Spread the love

    काठमाडौं, ११ जेठ ।। काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता निकै फराकिलो पारेका छन्।

    मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेनले नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्।

    गठबन्धनका तर्फबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छिन्। एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्। उनले ३३ हजार ९ सय ७५ मत प्राप्त गरेका छन्। 

    स्थापित र शाहबीचको मतान्तर २० हजार ७४३ छ भने सिंह र साहको मतान्तर २० हजार ११० रहेको छ। काठमाडौं महानगरपालिकामा २२ हजार ५६४ मत गणना गर्न बाँकी छ।

    बुधबार बिहानसम्म गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये साह २० हजार ७४३ मतान्तरले अघि छन्। याे संगै काठमाण्डाैकाे प्रमुखमा साहकाे जित सुनिश्चीत जस्तै देखिएकाे छ । 

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD