कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • कांग्रेस सभापतिमा कसैले पाएनन् बहुमत, दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने

    कांग्रेस सभापतिमा कसैले पाएनन् बहुमत, दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने
    Spread the love

    काठमाडौं, २८ मंसिर ।। नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापति चुन्नका लागि दोस्रो चरणको मतदान हुने भएको छ। सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज फेरि मतदान हुने भएको हो।

    कांग्रेस विधानअनुसार पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुन्छ।

    पहिलो चरणको मतदानमा सबैभन्दा धेरै शेरबहादुर देउवाले २२५८ मत पाएका छन् भने दोस्रो नम्बरमा शेखर कोइरालाले १७२९ मत पाएका छन्। अन्तिम मतपरिणाम घोषणा हुन बाँकी छ। 

    अब देउवा र कोइरालाबीच सभापतिका लागि प्रतिष्पर्धा हुने भएको छ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD