पहलमानपुर, ४ जेठ ।। कैलालीको भजनी नगरपालिका वडा नं. ७ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार अमर बहादुर कठरिया विजयी भएका छन् । यो सँगै उनले पुनः वडा हाक्ने जिम्मेवारी पाएका हुन् ।
निकटम प्रतिद्धन्दी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार दिल बहादुर कठरियालाई ३६ मतान्तरले पराजित गरी उनी वडा अध्यक्षमा विजयी भएका हुन्। जित हासिल गरेका कठरियाले ५२४ मत प्राप्त गरेका छन् ।
यस्तै महिला सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजमति चौधरी (कठरिया), नेपाली काँग्रेसका उम्मेदवार माया देवि धोबी विजयी भएका छन् । खुला सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार डंगौरा र रुपन प्रसाद लोनियाँ विजयी भएका छन् ।
