पहलमानपुर, २९ असार ।। कैलालीको टीकापुरमा कला कौशल सम्बन्धी ४ दिने तालिम शुक्रवार सम्पन्न भएकाे छ ।
वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल र बाल कल्याण संघको संयुक्त साझेदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत साे तालिम भएकाे हाे ।
तालिममा खेर गएका चिज बस्तु, फोहोर पदार्थलाई कलाको माध्यम बाट विभिन्न कलात्मक चिजबस्तुहरु निर्माण गर्न बालबालिकाहरुलाई प्रशिक्षण गरिएकाे थियाे । यसका साथै तालिममा खेर गएका कागजलाई सदुपयोग गरी विभिन्न थरिका फुल, गिफ्ट, फ्रेम र चित्रहरू निर्माण गरि प्रदर्शन गरिएकाे सहभागीहरुले बताएका छन् ।
कला, कौशल, सिपको ज्ञान दिने उदेश्यले आयोजना गरिएको तालिममा सिकेका कुराहरूलाई आफ्नो दैनिक जीवनमा कार्यान्वयन गराउन बालबालिकाहरुलाई प्रेरित गरिएकाे परियोजनाको कार्यक्रम ब्यवस्थापक सुगम रेग्मीले जानकारी दिए । उनले बालबालिकाहरुलाई आफुले सिकेका ज्ञान, सिपलाई समुदाय स्तरमा सिकाउने र कार्यान्वयन गराउनु पर्ने बताए ।
बाल कल्याण संघ टीकापुरका अध्यक्ष धन बहादुर बि.क. को अध्यक्षतामा सम्पन्न तालिममा संस्थाका कोषाध्यक्ष धनराज शाही र प्रोग्राम अफिसर किसन कसारा र वर्ल्ड भिजन इन्टरनेशनल नेपालका स्पोन्सरसिप फिल्ड कोर्डिनेटर मंगल शाहको विशेष उपस्तिथि रहेको थियो ।
केशव राज खनाल र सुनिता शर्माले सहजिकरण गरेकाे तालिममा भजनी र टिकापुर नगरपालिकाको परियोजनामा दर्ता भएको आरसी बालबालिका, पढाई शिबिर सहजकर्ता र संस्थाका कर्मचारीहरू गरि जम्मा ३४ जनाको सहभागिता रहेको थियो ।
