कर्णाली नदि फुट्यो, बस्ति उच्च जोखिममा
धनगढी २ कार्तिक/ कैलाली स्थित टिकापुर ५ शाहिपुरमा कर्णाली नदि फुट्दा पुरा गाउँ जलमग्न भएको छ । केहि दिन देखिको भीषण बर्षाका कारण कर्णाली नदिको जलस्तर तिव्ररुपमा बढिरहेको थियो र केहि समय अघि मात्र उक्त स्थान बाट कर्णाली नदिको तटबन्ध भत्किँदा गाउँ जलमग्न भएको हो ।
कर्णाली नदि तिव्र रुपमा बढिरहेको हुँदा टिकापुरका सम्पुर्ण वडाका बासिन्दाहरुलाई सतर्क रहन टिकापुर नगरपालिका तथा प्रहरी प्रशासनले अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कार्तिक ४ गते सम्म सुदूरपश्चिम लगायत अन्य प्रदेशहरुमा वर्षाको सम्भावना उच्च रहेको र केहि स्थानमा हिमपात पनि हुने जानकारी पाइएको छ ।