Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कपडा धुने साेडा बनाउने तालिम सम्पन्न

0 58

पहलमानपुर, २५ फागुन ।। कैलालीको घोडाघोडी नगरपालिका वडा नं ५ देउकलिया स्थित भगड्डी टोलमा आज एक दिने नि:शुल्क कपडा धुने साेडा बनाउने तालिम सम्पन्न भएकाे छ । स्वरोजगार मल्टिप्रपोज केन्द्र प्रा.लि. अत्तरियाकाे आयाेजनामा साे तालिम सम्पन्न भएकाे हाे ।

संस्थाकी समिक्षा चाैधरीले प्रशिक्षण गरेकाे तालिममा विभिन्न आमा समूह, महिला स्वास्थ्य स्वयमसेविका, कृषक समुहका महिलाहरुकाे उल्लेखनीय सहभागीता रहेकाे थियाे ।
उक्त तालिममा सहभागी लाैसरा बुढाले आफुहरुले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्न प्रयास गर्ने बताईन् । सिपमुलक तालिमले ब्यक्तिलाई ब्यवसायिक बनाई आत्मानिर्भर बनाउने भएकाले आफुरुले तालिम पाएर हर्षित भएकाे उनकाे तर्क थियाे । उक्त कार्यक्रम मोहन्याल सामुदायिक वन उपभोक्ता समुहकाे सभाहलमा भएकाे थियाे ।

1677057573
School
टिप्पणीहरू
Loading...