Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कठरिया हाेम स्टेकाे काम सुस्तायाे

0 177

टीआर कठरिया, १९ असार ।। कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. ११ स्थित तपा गाउँमा संचालन गर्ने भनिएकाे कठरिया हाेम स्टेकाे काम सुस्ताएकाे छ । कठरिया समुदायकाे माैलिक कला, सीप, खानपान र साँस्कृतिक पहिचानहरुलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ संचालनकाे तयारी थालिएको उक्त हाेम स्टे ब्यवस्थापकहरुकाे आन्तरिक कमजाेरीका कारण सुस्ताएकाे हाे ।

तपा गाउँमा एक सय चालिस घरधुरि कठरिया समुदायकाे बासाेबास रहेकाे छ । जस अनुसार कम्तिमा पाँच घर र धेरैमा आवश्यकता अनुसार हाेम स्टे संचालनकाे तयारी थालिएकाे थियाे । साेहि अनुरुप हाेम स्टे ब्यवस्थापन र तयारी गर्नका लागि विभिन्न खाले समितीहरु निर्माण गरिएकाे थियाे ।

तर हाल आएर हाेम स्टे संचालन तथा ब्यवस्थापन गर्न बनेकाे समितीका पदाधिकारीहरु निष्कृय भई कार्यसम्पादन नगर्दा हाेम स्टेकाे काम अलपत्र बन्ने संघारमा पुगेकाे हाे । हाेम स्टे कहिलेबाट सुचारु हुने र कति घरधुरिमा संचालन हुने बारे अझै कुनै टुङ्गाे लाग्न नसकेकाे समितीका उपाध्यक्ष घनश्याम कठरिया स्विकार्छन् ।

उता समितीका काेषाध्यक्ष मनाेज महताैं कठरियाले समेत खेतिपातीकाे कामले हाेम स्टेकाे काम अगाडि बढाउन नसिकएकाे बताए । खेतिपातीकाे काम सकिए सँगै बाँकी रहेकाे कामकाे थालनी गर्ने समेत उनले बताए । कठरिया साँस्कृतिक हाेम स्टे संचालनकाे तयारी बर्षदिन भईसक्दा समेत पुरा हुन सकेकाे छैन् । याे हाेम स्टे कठरिया समुदायकाे पहिलाे हाेम स्टे भएकाले धेरै चासाेकाे साथ हेरिएकाे छ ।

School
टिप्पणीहरू
Loading...