Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कठरिया साँस्कृतिक होरी महोत्सव उद्घाटन गर्न मुख्यमन्त्री भट्ट कैलालीको लौसा आउँदै

0 319

पहलमानपुर, ११ चैत्र ।। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आज कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नं. ८ लौसामा आउने भएका छन् । तेस्रो बृहत कठरिया साँस्कृतिक होरी महोत्सव अन्तरगत आज साँस्कृतिक झाँकी प्रस्तुती बिशेष कार्यक्रमको उद्घाटन गर्न मुख्यमन्त्री भट्ट लौसा आउन लागेका हुन् ।

कठरिया भाषा, संस्कृति र मौलिक पहिचान संरक्षण, सम्बद्र्धन गर्नका निम्ति स्थानिय जनकल्याण युवा क्लब तथा लौसा गाउँ समाजको आयोजना र कैलारी गाउँपालिका वडा नं. ८ को कार्यालय, पृथ्वीपुरको आर्थिक सहयोगमा सो महोत्सव भैरहेको छ ।

275766660 513581876797317 3904266609695285315 n

महोत्सवमा आज दोस्रो दिन कैलाली जिल्ला तथा छिमेकी भारतका गरि ५६ भन्दा बढि कठरिया गाउँहरुको साँस्कृतिक झाँकी, कठरिया कलाकारहरुको प्रस्तुती लगायतको कार्यक्रम रहने कैलारी गाउँपालिका वडा नं. ८ का वडा सदस्य समेत रहेका स्थानिय तारामल कठरियाले बताए ।

तेस्रो बृहत कठरिया साँस्कृतिक होरी महोत्सव २०७८ बिहिबारबाट सुरु भएको छ । पहिलो दिन (चैत १०) कठरिया हक, अधिकारको बिषयमा छलफल भएको आयोजकले जानकारी दिएको छ । आज (चैत ११ गते) साँस्कृतिक प्रस्तुती मात्रै रहने बताईएको छ ।

School
टिप्पणीहरू
Loading...