Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कठरिया साँस्कृतिक होरी महोत्सव सम्पन्न (फोटो फिचर)

0 163

पहलमानपुर, २८ फागुन ।। कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ६ सिमरी गाउँमा आयोजना गरिएको चौथो बृहत कठरिया साँस्कृतिक होरी महोत्सव २०७९ शनिवार सम्पन्न भएको छ । स्थानिय सिमरी गाउँ समाजको आयोजनामा भएको कार्यक्रममा सहआयोजकको रुपमा कठरिया समाज नेपाल केन्द्रिय कमिटी र एकिकृत लायन्स क्लव रहेको थियो ।

1677057573

चौथो होरी महोत्सव ब्यवस्थापन मुल कमिटीका संयोजक राजेश कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश साँसद रामेश्वर चौधरी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले भाषा, कला, संस्कृति र संस्कार हरेक जाति समुदायको गहना भएकाले सोको संरक्षण, सम्बर्द्धन गर्नुपर्ने बताएका थिए । अग्रज पुर्खाहरुले जोगाएर राखेको रिती, संस्कृतिलाई पछिल्लो समय युवा पुस्ताले खासै चासोका साथ जर्गेना गर्न तर्फ ध्यान नदिएको देखिन्छ । जसका लागि सबैमिली आफ्नो अस्तित्व र पहिचान बचाउन लाग्नुपर्ने उनको तर्क रहेको थियो ।

उक्त कार्यक्रममा कैलाली जिल्लाको मनाउँ, मुनुवा, लौसा, कोंटा, तुल्सिपुर, भुरुवा, चर्रा, लक्कड, तप्पा, बनगाउँ लगायतका दुई दर्जन बढि गाउँको कठरिया होरी नाच प्रस्तुत गरिएको थियो । खास गरि कलाकार, मिचुवा, छुट्टा लगायतका विभिन्न थरिका होरी नाचहरु प्रस्तुत गरिएको कार्यक्रममा डफको गित, पटेबा नाच र स्टेज डान्स समेत प्रर्दशन गरिएको थियो । कार्यक्रममा कैलाली जिल्ला र छिमेकी भारतमा रहेका कठरियाहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त कार्यक्रमकाे संचालन निरज बडायकले गरेका थिए ।

20230311170748 IMG 7768
20230311172449 IMG 7795
20230311144905 IMG 7685 1
20230311152350 IMG 7719
School
टिप्पणीहरू
Loading...