Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कठरिया समाज नेपालकाे साधारणसभा भदाैं ३० गते मुनुवामा हुने

0 113

पहलमानपुर, २९ भदाैं ।। कठरिया समाज नेपालकाे केन्द्रीय कार्यसमितिले कैलाली जिल्लामा आफ्नाे साधारणसभा गर्ने भएकाे छ । यहि भदाैं ३० गते शनिवारका दिन जिल्लाकाे जानकी गाउँपालिका वडा नं. ४ मनुवामा साे संस्थाले साधारणसभा गर्न लागेकाे हाे ।

उक्त संस्थाका अध्यक्ष दुखिराम कठरियाले साधारणसभा आयाेजना गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण तयारीहरु गरिसकेकाे बताएका छन् । उनले आफुहरुले सकेसम्म कठरिया समुदायकाे धेरैभन्दा धेरै बुद्धिजीवी, समाजसेवि र अगुवाहरुकाे उपस्थित गराउने लक्ष्य लिएकाे बताए । जसका लागि सम्पूर्ण गाउँहरुमा माैखिक तथा लिखित संचार गरिसकेकाे उनले बताए ।

साधारण शनिवार ११ बजे पश्चात् मुनुवा स्थित बिज बृद्धि हलमा बताईएकाे छ । कठरिया समाज नेपाल कैलाली जिल्लामा प्रमुख बासाेबास रहेकाे कठरिया समुदायकाे एक मात्र मातृसंस्था हाे ।

FB IMG 1694780052942
School
टिप्पणीहरू
Loading...