Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कठरिया सन्देश पत्रिकाको पहिलो प्रति राष्ट्रिय सभा सदस्य चौधरीलाई

0 17

पहलमानपुर, १६ कार्तिक ।। कठरिया सन्देश साहित्यिक पत्रिकाको पहिलो प्रति राष्ट्रिय सभा सदस्य हरिराम चौधरी ‘उत्सब’ लाई प्रदान गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरबाट प्रकाशित हुने सो पत्रिकाको नयाँ अंक चौधरीलाई प्रदान गरि सार्बजनिक गरिएको हो ।

कठरिया थारु भाषाको एक मात्र साहित्यिक पत्रिकाको रुपमा रहेको सो पत्रिकाका प्रधानसम्पादक टिआर कठरियाले राष्ट्रिय सभा सदस्य चौधरीलाई नयाँ अंक प्रदान गरेका हुन् । पत्रिका प्राप्त गर्दै चौधरीले भने ‘भाषा, संस्कृति र मौलिक पहिचानका धनि थारु समुदायमा धेरै उपथरहरु रहेका छन् ।

उनिहरुका अलग्गै पहिचान झल्किने संस्कृति र संस्कार छन् त्यसको संरक्षण र सम्बर्द्धन गर्न आवश्यक रहेको बताए । थारु समुदायका सबै थर, उपथरहरुलाई एक ढिक्का बनाएर लैजानु का साथै साहित्य मार्फत समाजलाई सुसुचित गर्नकाका निम्ती विभिन्न पत्रपत्रिकाहरु प्रकाशनको पनि आफ्नै महत्व भएको उनको तर्क थियो ।

उक्त पत्रिकाको ५२ पेजको नयाँ अंकमा कठरिया थारु समुदायको परिचय, २०७८ सालको राष्ट्रिय जनगणना र कठरिया समुदाय, संचारमाध्यम र कठरिया समुदाय लगायतको विचार, कथा, कविता, गजल, मुक्तक, जनौनी, पखानका साथै मौलिक गितहरु समाबेश गरिएको प्रकाशक राजेन्द्र कठरियाले बताए ।

उनले कैलाली जिल्लाको पुर्बि क्षेत्रमा प्रमुख बासोबास रहेको कठरिया थारु समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका निम्ती कैलाली जिल्ला भरिका र छिमेकी भारतका कठरिया लेखकहरुको लेख, रचनालाई प्राथमिकताका साथ प्रकाशन गरेको बताए ।

टिप्पणीहरू
Loading...