पहलमानपुर, २१ चैत ।। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. १० पहलमानपुरबाट प्रकाशित कठरिया सन्देश साहित्यिक पत्रिका आज आफ्नो प्रकाशनको दोस्रो बर्षमा प्रवेश गरेको छ । भाषा, संस्कृति र मौलिक पहिचान संरक्षण, सम्बर्द्धनका निम्ति प्रकाशन भैरहेको सो पत्रिका गत बर्ष (२०७७ चैत २१) विमोचन भएको हो ।
सो पत्रिकाको विमोचन तत्कालिन उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्क्री गौरीशंकर थारु लगायतले संयुक्त रुपमा विमोचन गरेको प्रकाशक, सम्पादक राजेन्द्र कठरियाले बताए । उनले जिल्लाको भजनी नगरपालिका वडा नं. ७ चर्रामा आयोजित दोस्रो कठरिया होरी उत्सवको कार्यक्रममा पत्रिका विमोचन गरि सार्वजनिक गरिएको बताए ।
कठरिया सन्देश साहित्यिक पत्रिका अर्न्तगत कठरिया सन्देश डटकम अनलाइन, केटिभी नेपाल अनलाइन टिभी, कठरिया सन्देश मोबाईल एप्स लगायत संचालनमा रहेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीबाट ईजाजत प्राप्त गरि संचालन भैरहेको कठरिया थारु भाषाको एक मात्र संचारमाध्यम कठरिया सन्देश भएको सम्पादक अर्जुन कठरियाको दावी छ । कठरिया थारु समुदायको हक, अधिकारको हरेक बिषयलाई उजागर गर्ने उदेश्यले संचालित पत्रिका तथा अनलाइनमा अन्य भाषाका सुचना, समाचार, शिक्षा र मनोरञ्जनका बिषयहरुलाई समेत समेटिरहेको सम्पादक कठरियाले बताए ।
उक्त पत्रिकाको सम्पादकिय मण्डलहरुमा प्रकाशक, सम्पादक राजेन्द्र कठरिया (पहलमानपुर), प्रधान समपादक टीआर कठरिया (सिसैया), सम्पादक अर्जुन कठरिया (धुसकिया) रहेका छन् । भाषा सल्लाहकारहरुमा प्यारेलाल कठरिया (मुनुवा), अंग्रेजु कठरिया (सिसैया), सन्तराम कठरिया (सिसैया), गंगाराम कठरिया (पवेरा), छेदालाल कठरिया (सिसैया) रहेका छन् ।
यस्तै सहयोगीहरुमा गीता कठरिया (घुसरी), अमर बहादुर कठरिया (चर्रा), दुखिराम कठरिया (लौसा), किशोर कुमार कठरिया (लक्कड), हर्क बहादुर कठरिया (चुहा) रहेका छन् । पहिचान युवा क्लब सिसैया, जनक कठरिया (कोंटातुल्सिपुर) लगायतको विशेष सहयोगमा प्रकाशन भैरहेको पत्रिकामा जिल्लाभरका कठरिया लेखकहरुको लेख, रचना प्रकाशित हुँदै आएको छ ।
