कठरिया थारूलाई राजनितिमा स्थान कहिले ?
अर्जनु सिंह कठरिया, ३ पौष ।। कठरिया थारू नेपाल अधिराज्यको पश्चिमी भुभाग कैलाली र बर्दियामा प्रमुख बासोबास रहेको एक जाति हो । कठरिया थारुहरु शान्त, सरल, मिलनसार जातिको रुपमा परिचित छन् । कृषि पेशामा आफ्नो जिवन खोज्ने मिलनसार जाति हो कठरिया ।
देशमा राजनैतिक परिवर्तन संघियता संगै यो जाति पनि विस्तारै व्यापार, रोजगार, राजनितीमा पनि बामे सर्न थालेको छ । राजनितीको रा उच्चारण गर्न नजान्ने, राजनितीको बारेमा केहि नबुझेको, राजनितीमा के हुन्छ, कसरी गरिन्छ । थाहा नभएको यो कठरिया जाति अहिले विस्तारै पश्चिम नेपालको स्थानिय स्तरमा राजनिती गर्न सुरु गरिसकेको छ । प्रजातन्त्रको स्थापना संगै केहि जिल्लामा वडा र गाविस सम्म पुगेका थिए तर जनसंख्या अनुकूल त्यो सहभागिता सारै न्यून छ । कठरियाहरुको राजनैतिक कुरा गर्ने हो भने कठरियाहरुको मुख्य बसोबास थलो पश्चिम नेपालको कैलालीको कुरा हामी गर्न चाहन्छौं । किनकी कैलालीमा रहेका कठरियाहरु मात्रै बोली भाषा परम्परा मिल्ने गर्दछ । कैलालीको अहिलेको राजनैतिक कुरा गर्ने हो भने कैलालीमा पाँच निर्वाचन क्षेत्र अनि दश प्रदेश निर्वचन क्षेत्र रहेको छ । कैलाली को कुल जनसंख्या ७ लाख ७५ हजार ७ सय नौं रहेकोमा ३ लाख २२ हजार १ सय २० थारु जनसंख्या रहेको छ, त्यसमा पनि कठरियाहरुको ८० देखि एक लाख र कठरिया भाषा बोल्ने ४० हजार जनसंख्या रहेको छ ।
जुनकी कुल थारूको ३० प्रतिशत कठरियाहरुको बसोबास छ तर संसदीय राजनितिमा कुरा गर्ने हो भने तीन जना थारु सांसद निर्वाचित र तीन जना प्रदेश सांसद रहेकोमा एक समानुपातिक पनि रहिकी छिन् तर कठरिया सभासद एक पनि निर्वाचित नहुनु दुखद कुरा हो किनकी नेपालको मुख्य तीन राजनैतिक दलहरू माओवादी, कांग्रेस, एमाले आदिले नपत्याएको हुन जस्तो लाग्छ । पहिलो गणतान्त्रिक अन्तरिम संविधान सभामा कुनै पनि मुख्य राजनैतिक पार्टीले उम्मेदवार न बनाए पनि क्षेत्रिय पार्टीले र मधेशी पार्टीले प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाए तर कोहि पनि निर्वाचित भएनन् । दोश्रोमा पनि मुख्य पार्टीले टिकट नदिंदा क्षेत्रिय पार्टीले उम्मेदवार बनाए पनि निर्वाचित भने कोहि हुन सकेन् तर पहिलो गणतान्त्रिक संसदीय चुनाब २०७४ ले भने क्षेत्रिय पार्टीबाट एक पहिलो कठरिया उम्मेदवार जंग बहादुर बडायकले तेश्रो स्थान पाएका थिए राजपा बाट जुन गर्व को कुरा हो । स्थानिय तहको कुरा गर्ने हो भने १३ स्थानिय तहमा दुई पहाडि गापा छोडिदिने हो भने ११ स्थानिय पालिकामा थारूको उपस्थिती रहेको छ ।
जसमा ६ वटा स्थानिय पालिकमा थारुहरु नै प्रमुख र छ वटा पालिकामा उपप्रमुख छन् तर कठरियाहरुको उपस्थिती रहेको ११ वटै स्थानिय तहमा एउटा मात्रै उपाध्यक्ष कठरिया जातिको निर्वाचित छन् तर जनसंख्या हेर्ने हो भने हार जित गराउने जनसंख्या छ । जस्तै जानकी गापा, जोशिपुर गापा र जानकी गापा संग संगै लम्की चुहा तर पनि कठरियाहरुले अहिले सम्म वडा स्तरमा पनि उचित प्रतिनिधित्व पाएका छैनन् । के हामी राजनिती गर्न सक्दैनौ र तर हामीलाई राजनितिमा उचित स्थान कहिले दिने ? तर पनि पहिलो स्थानिय चुनावमा ४ वटा वडा अध्यक्ष कठरिया समाजले पाएको छ । सुरुवात पक्कै पनि राम्रो हो तर सन्तुष्टि को कुरा पक्कै होइन् । यो भन्दा धेरै वडा अध्यक्षहरु निर्वाचित भएको हाम्रो चाहाना हो जुन आउने निर्वाचनमा देखिनु पर्छ तर त्यसका लागि राजनिती चाहिं गर्नै पर्छ ।
पहिलो पटकको स्थानिय तहमा चार वटा वडा अध्यक्ष र एक उपाध्यक्ष पाउनु चानचुने कुरा त होइन् तर सन्तुष्टि पक्कै पनि छैनौं । यदि कठरिया समाजलाई अगाडि बढाउन र राज्यको विकास को मुलधारमा ल्याउने हो भने कठरियाहरुले राजनितिमा आउनू नै पर्छ जब सम्म हामी कठरिया राजनितीमा अगाडि बढ्दैनौ । तब सम्म हाम्रो समाज फड्को मारना सक्दैन् त्यसको लागि आज को आवश्यकता कठरिया युवाहरुले राजनीतिमा पाईला राख्न पर्ने अहिलेको आवश्यकता देखा परेको छ । यदि आजका युवाहरुले राजनितिमा पाईला नटेक्ने हो भने हामी आफ्नो अस्तित्वको लडाई लड्नू नपर्ला भन्न सकिन्न ।
आउने स्थानिय निर्वाचनमा कम से कम १२, १५ वडा अध्यक्ष र कम्तीमा दुई वटा पालिका अध्यक्ष निर्वाचित गर्नुपर्ने देखिन्छ भने प्रदेश सभामा २ जना कैलाली १ क र २ को ख बाट जहाँ कठरियाहरुको निर्णायक जनसंख्या छ । यदि कठरियाहरुको संसद र प्रदेश संसद प्रतिनिधित्व दिने हो भने कैलालीको क्षेत्र १ को क र २ को ख मा उम्मेदवार मुख्य तीन पार्टीले कठरियाहरुलाई दिनै पर्दछ । किनकी कैलालीको पुर्वी भाग खास कठरियाहरुको मुल घना बस्ती छ । साथै एउटा जातिय रुपमा समानुपातिक सांसद कुनै मुख्य तिन पार्टीबाट बनाउनु पर्छ जुन हाम्रो माग हो । संघियताको मुल मर्म हो जस अनुसार अहिले सम्म हामी कठरियाहरूले वास्तविक संघियताको अनुभुति गर्न नपाएको अवस्था छ । त्यसैले जब सम्म हामीले राजनैतिक अधिकार पाउन सक्दैनौं तब सम्म सबै अधिकार निर्थक हो किनकी राजनैतिक अधिकारले मात्र सबै कुरा सुनिश्चित गर्छ ।
यो नेपाल जस्तो देशमा अगाडी तब सम्म बढ्न गाह्रो छ जब सम्म राजनितिक अधिकार छैन् त्यसैले आजको दिनमा हाम्रा समाजका युवाहरुले पनि राजनितिमा बामे सर्ने मात्रै होइन् अब नेतृत्व लिने तहमा अब आउनै पर्छ । अनि मात्र हाम्रो समाज स्वतन्त्रपुर्वक खुला आकाशमा बाँच्न सक्छ । अहिलेको एमाल,े कांग्रेस र माओवादी को महाधिवशनले स्थानिय, जिल्ला र प्रदेशमा केहि हद सम्म प्रतिनिधित्व दिएको अवस्था छ तर केन्द्रिय स्तरमा अहिले पनि उपस्थिती गरएको छैन् तै पनि एक अवसर भने दिएको छ । यो अवसरलाई उपयोग गर्दै हरेक राजनैतिक पार्टीको उच्च ओहदामा पुग्ने आशा र कामना गर्दछौं र कठरिया युवाहरु पनि नेपाली राजनितीको आकाशमा अवश्य आफ्नो उचाई हाँसिल गर्नेछन् भन्ने आशा छ ।
लेखक कठरिया सन्देश डटकमका सम्पादक/ व्यवस्थापक हुन् ।
