Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कठरिया थारु बस्तीमा सांस्कृतिक कार्यक्रमको रौनक

0 12

कैलाली, १९ कार्तिक ।। कैलालीमा प्रमुख बासोबास रहेको कठरिया थारु समुदायको बस्तीमा दशैं तथा दिपावलीको अवसरमा विभिन्न खाले सांस्कृतिक कार्यक्रमहरु आयोजना भईरहेका छन् । जिल्लाको जोशीपुर गाउँपालिका ३ लक्कडमा कोपिला युवा समाजको आयोजनामा असोज ६ गते कठरिया थारु समुदायको पितृ पुजा अर्थात दिउंता खोरे जैना दिनको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

यस्तै, जानकी गाउँपालिका वडा नं. ४ मुनुवा गाउँमा दशैंको अवसरमा सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता असोज २८ गते भएको थियो । ‘भाषा, भेषभुषा, कला संस्कृति हम्मर शान, आदिवासी थारु हम्रे बचाई अपन पहिचान’ भन्ने मुल नाराका साथ मुनुवा युवा क्लबको आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए ।

त्यसैगरि कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ६ सिमरीमा नेपालीहरुको महान पर्व शुभदिपावलीको अवसरमा संस्कृति सम्बर्द्धन कार्यक्रम बुधवार सम्पन भएको छ । ‘हम्मर कला, संस्कृति, भेषभुषा हम्मर पहिचान, सक्कुजना मिलके सम्बर्द्धन करना हम्मर अभियान’ भन्ने मुल नाराका साथ दिया दिवारी संस्कृति सम्बर्द्धन कार्यक्रम आयोजक समितीको आयोजनामा सो कार्यक्रम भएको हो ।

जोशीपुर गाउँपालिका ६ नं. वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा थारु गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएका थारु कलाकारहरुलाई समेत सम्मान गरिएको छ । थारु गायकहरु रामकुमार कठरिया, गीतकार सुवेश कठरिया लगायत सम्मनित भएका हुन् ।

यस्तै, कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ७ को आयोजनामा दशैं तथा दिपावली मिलन कार्यक्रम चर्रामा सम्पन्न भएको छ । सो वडाका वडाध्यक्ष अमर बहादुर कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटा, विशिष्ट अतिथी निमित्त प्रशासकिय अधिकृत झनक ओझा लगायत अतिथीहरु रहेका थिए ।सो कार्यक्रममा थारु समुदायको सांस्कृतिक झांकीहरु समेत प्रस्तुत गरिएको चर्रा सहकर्मी जय कठरियाले बताए ।

त्यसैगरि कैलालीका बिभिन्न स्थानमा कठरिया युवाहरुको सक्रियतामा सांस्कृतिक कार्यक्रमहरु हुने भएको छ । ‘हम्मर कला, संस्कृति, भेषभुषा हम्मर पहिचान, प्रबर्द्धन कर्ना हम्मर अभियान’ भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका ६ कोटातुल्सिपुरमा दिया दिवारी सांस्कृतिक कार्यक्रम यहि कार्तिक २० गते हुने भएको छ । कठरियन पोष्टको आयोजनामा हुने कार्यक्रममा थारु कलाकार सहित स्थानिय कलाकारहरुको प्रस्तुती रह्ने कठरियन पोष्टका संयोजक जनक कठरियाले बताए ।

tulsipur

त्यसैगरि, कठरिया समाज नेपालको आयोजनामा नेपालीहरुको महानपर्व शुभदिपावलीको अवसरमा एक दिने चियापान तथा भेटघाट कार्यक्रम हुने भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ११ सिसैयामा यहि कार्तिक २१ गते कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।

यस्तै, मुनुवा युवा क्लब जानकी गाउँपालिका ४ मुनुवाको आयोजनामा कार्तिक २१ गते तुम्हर प्यारमे नाटक प्रर्दशन गरिने भएको छ । शुभदिपावलीको अवसरमा आयोजित सो सांस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रह्ने नाटक लेखक निर्मल रावतले बताए ।

त्यसैगरि ‘भाषा, कला, संस्कृति हम्मर पहिचान, कठरिया थारु रिती संस्कृति बचैना हम्मर अभियान’ भन्ने मुलनाराका साथ कैलाली जिल्लाको भजनी नगरपालिका ७ बनगाउँमा बनगाउँ सांस्कृतिक कार्यक्रम यहि कार्तिक २१ हुने भएको छ । कठरिया समुदायका बहुचर्चित गायक राम कुमार कठरिया लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रह्ने आयोजकले जनाएको छ ।

bangau
टिप्पणीहरू
Loading...