Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कञ्चनपुरमा हात्तीको आक्रमणबाट श्रीमान्-श्रीमतीको मृत्यु

0 12

३ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज बुधबार बिहान मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ । प्रहरीले दिएको जानकारी अनुसार नजिकैको सामुदायिक वनबाट नौ/दशवटा सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो-हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ .

‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो ,’ घटनास्थलबाट शुक्लाफाँटा-१२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ ।’

टिप्पणीहरू
Loading...