Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कञ्चनपुरमा रानाथारु हाेली मिलन कार्यक्रम हुने

0 62

कञ्चनपुर, १९ फागुन ।। कञ्चनपुरकाे बेलाैरीमा फागुन २० गते रानाथारुकाे बृहत हाेली मिलन कार्यक्रम हुने भएको छ । रानाथारु भलमन्सा तथा पधना समिति बेलौरीकाे आयाेजनामा कार्यक्रम हुन लागेको हाे ।

रङ्गहरुकाे पर्व हाेली रानाथारु समुदायले विषेश महत्वका साथ मनाउने गर्छन । रानाथारु समुदायको महान चाड हाेली पर्वकाे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमकाे आयाेजना हुन लागेको हाे ।

कार्यक्रममा प्रमुख अथिति पूर्व खानेपानी मन्त्री बिना मगर, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट लगायत रानाथारु अगुवाहरुकाे उपस्थिति रहने आयाेजक समितिका अध्यक्ष तथा भलमन्सा सुरेश बडायकले जनाए ।

कार्यक्रममा झाँकी प्रदर्शन, हाेली नाच , रानाथारु समुदायको विभिन्न खानाका परिकार आदीकाे प्रदर्शनी गरिने कार्यक्रमका प्रचारप्रसार उपसमितिका सदस्य रेशम चौधरीले जनाकारी दिए । कार्यक्रम बेलाैरी बजारको खुला मञ्चमा हुनेछ ।

1677057573
School
टिप्पणीहरू
Loading...