कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • कक्षा १२ को नतिजा मंसिर दोस्रो साता

    कक्षा १२ को नतिजा मंसिर दोस्रो साता
    Spread the love

    काठमाडौँ, २५ कात्तिक । कक्षा १२ को नतिजा आगामी मंसिर दोस्रो साताभित्र आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता जघनबहादुर अर्यालले नतिजा सम्बन्धी काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेकाले मंसिर दोस्रो साताभित्र प्रकाशन गर्ने तयारी रहेको बताए ।

    अहिले नतिजा रुजु गर्ने, कपी जाँच गर्ने लगायतका काम एकै पटक भइरहेको उनले जानकारी दिए । बोर्डले कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ सम्म सञ्चालन गरेको थियो ।

    परीक्षाका लागि ३ लाख ७२ हजार ३४८ जना विद्यार्थीहरुले परीक्षा आवेदन फारम भरेको बोर्डले जनाएको छ । बोर्डले चार हजार ३१० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरेको थियो ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD