कठरिया सन्देश

२० फाल्गुन २०८०, आईतवार

  • gold Teach Computer
    gold Teach Computer
  • एसईईमा ३५ प्रतिशत नल्याए फेल

    एसईईमा ३५ प्रतिशत नल्याए फेल
    Spread the love

    काठमाडौँ,५ मङ्सिर । अक्षराङ्कन विधिले सिकाइ गुणस्तरमा प्रभाव पारेको भन्दै विद्यालय तहको परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक विषयमा तोकिएको न्यूनतम अङ्क ल्याउनै पर्ने व्यवस्था गरिँदैछ ।

    हाल सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर कुल आउने अङ्कका आधारमा मूल्याङ्कन गरिँदै आएको छ । एक सय पूर्णाङ्कको विषयमा प्रयोगात्मकमा शिक्षकले खल्तीबाट २५ अङ्क दिने गरेका छन् र परीक्षामा विद्यार्थीले पाँच अङ्कमात्र हासिल गरेमा स्वतः डीप्लस प्राप्त हुने अवस्था छ । यो अवस्थाले विद्यार्थीमा सिकाइ र पढ्ने बानीको ह्रास भएको तथा यसले गुणस्तर खस्काएको ठहर शिक्षा निकायले गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सो प्रतिवेदनमाथि आवश्यक राय पेस गर्न राष्ट्रिय परीक्षा बोर्डमा पठाएको र बोर्डबाट सुझाव आइसकेको बताउँदै छिटै पारित हुने जानकारी दिए ।

    यस विषयमा अध्ययन नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको थियो ।

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 6026465656565656565

    ब्यवस्थापक :- अर्जुन कठरिया

    प्रकाशक :- राजेन्द्र कठरिया

    प्रधान सम्पादक :- टिआर कठरिया

    © 2024 Copyright: Dahit Group PVT.LTD