Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एसईईको नतिजा बिहीबारसम्म आउने

0 34

काठमाडौं, ९ साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबारसम्म आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारसम्म अन्तिम नतिजा निकाल्ने तयारी भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले बिहीबारसम्म नतिजा निकाल्नेगरी अन्तिम तयारी भइरहेको जानकारी दिए । नतिजा पुरानै माध्यमहरूबाट, एनटीसी मोबाइल, एसएमएस तथा बोर्ड र पनिकाको वेभसाइटमार्फत् हेर्न सकिनेछ ।

वैशाख ९ देखि २० गतेसम्म भएको एसईई परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी थिए ।

School
टिप्पणीहरू
Loading...