Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एमाले महाधिवेशन : ओलीलाई जिम्मेवारी दिने निर्णय मान्दिन ‘भीम रावल’

0 13

काठमाडौं, ११ मंसिर ।। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्न दिएको जिम्मेवारीप्रति असन्तुष्टि जनाएका छन् । शनिबार  सौराहामा जारी १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र हलले अध्यक्ष ओलीलाई १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा दिएको थियो ।

उपाध्यक्ष रावलले सो निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । बन्द सत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव गरेका थिए । त्यसलगत्तै वन्दसत्रका अधिकांशले ताली बजाएपछि उक्त प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

अर्का नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले सहमतिको नाममा मृत्युको आँसु बेचेको प्रतिक्रिया दिएका छन् । एमाले नेता सुरेन्द्र पाण्डेले यस विषयमा अहिले नै प्रतिक्रिया नदिने बताए । उता, अष्टलक्ष्मी शाक्यले भने अध्यक्ष ओलीलाई जिम्मेवारी दिने प्रस्ताव मात्र भएको अन्तिम निर्णय भने भइनसकेको जिकिर गरिन् । बन्दसत्र आइतबार १० बजे पुनः सुरु हुनेछ । रातोपाटीबाट

टिप्पणीहरू
Loading...