एमाले कैलालीको अध्यक्षमा थापा विजयी
धनगढी, २७ पुस । नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा चार मतले विजयी भएका छन्। अध्यक्षका अर्का उम्मेदवार रणबहादुर चन्दलाई चार् मतले पराजित गर्दै थापा अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
अध्यक्षमा थापाले २८७ मत र चन्दले २८३ मत पाए। उपाध्यक्षमा थापा समूहकै दुर्गाप्रसाद जोशी विजयी भएका छन् । जोशी ३२७ मत पाए भने सिताराम जोशीले बुढाथोकीले २०९ मत पाए।
सचिव र उपसचिवमा भने चन्द प्यानलका डेजी पाण्डे, लोकेन्द्र शाही र ममता चौधरी विजयी भएका छन् । सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए।
यस्तै उपसचिवमा ममता चौधरी २९० र लोकेन्दबहादुर शाही १९६ मत पाएर विजयी भएका छन्। उपसचिवमा मदनराज ओझाले १७० र प्रेम चौधरीले १७१ मत पाएर पराजय भोगेका छन् ।
समूह विना एक्लै लडेका युवा नेता विनय शाहले १७८ मत पाएका छन् ।
