Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एमाले, कांग्रेस र अन्य दल परित्याग गरी दर्जनौं जिल्ला नेता तथा जनप्रतिनिधि माओवादी केन्द्रमा प्रवेश

0 231

कैलाली, ३० फागुन ।। बिभिन्न राजनीतिक दल परित्याग गरी तीन दर्जनबढी जिल्ला नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। नेकपा (माओवादी केन्द्र) ले आयोजना गरेको प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा अध्यक्ष प्रचण्डले टीका लगाएर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा स्थानीय तहका निर्वाचित उपाध्यक्षदेखि पार्टी जिल्ला नेताहरु रहेका छन। पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले बाट मोहन्याल गाँउपालिका उपाध्यक्षमा निर्वाचित तथा हाल कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगर, नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य जयरुद्र न्यौपाने, २०४८ र २०५४ मा लालझाडी गाउँपालिकाबाट दुइपटक नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष हुमना राना, २०४२ सालदेखि नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका केदारसिंह गाउपालिका बझांगका नेता लाल बहादुर शाही, अमगरगढी, ८ का नवराज ओझा नेपाली कांग्रेस परित्याग गरेर पार्टी प्रवेश गरेका छन।

यसैगरी नेकपा एमालेबाट २०७४ को वडा सदस्यमा निर्वाचित डिलासैनी गाउँपालिका, ४ का सदस्य राम बहादुर नेगी, नयाँ शक्ति पार्टीबाट २०६४ सालमा अध्यक्षका उम्मेदवार बिर बहादुर चौधरी, नागरिक उन्मुक्ति पार्टी भजनी नगरपालिकाका नेता इन्द्र बहादुर चौधरी लगायत समेत पार्टीमा प्रवेश गरेका छन।

आजको कार्यक्रममा पार्टी प्रवेश गर्ने अन्य नेताहरुमा गोदावरी नगरपालिकाका कांग्रेसका नेता पदम बहादुर बलायर, नेकपा एमाले डोटी जिल्ला कमिटी सदस्य आदर्श गाउँपालिकाका चन्द्रदेव पाठक, बाजुरा त्रिवेणी नगरपालिकाका एमाले नेता हिम्मत बहादुर शाही, नेकपा एमाले कैलालीका पूर्व जिल्ला सल्लाहकार मनिराम सुनार, विशाल नगरबाट नेपाली कांग्रेसका नेता नवीना खडका, घोडाघोडी नगरपालिकाका एमाले नेता दशरथ न्यौपाने लगायत तीन दर्जनभन्दा बढी रहेका छन।

टिप्पणीहरू
Loading...