Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा

0 8

काठमाडौँ,५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि रावलले उम्मेदवारी घोषणा गरेका हुन् । आज आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी दिएका हुन् ।

महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।

रावलले थापाथलीस्थित पार्टी कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको ठाउँ नपाएको गुनासो गरे । पार्टी महासचिवले महाधिवेशनका कारण कुनै पनि कक्ष खाली नभएको जानकारी पाएपछि बाहिर पत्रकार सम्मेलन गर्नु परेको उनले बताए ।

टिप्पणीहरू
Loading...