एमसीसी सहमतिमै अगाडि बढाइने
- भाद्र २६ काठमाण्डौ ।। प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति कायम गरेर मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सँगको अनुदानसम्बन्धी सम्झौतालार्ई अगाडि बढाउने बताएका छन् । शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुुवाटार पुग्नुभएकी एमसीसीका उपाध्यक्ष फातिमा जेड सुमारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले एमसीसी कार्यान्वयनका लागि राजनीतिक सहमति आवश्यक रहेकाले सोहीअनुसार सरकार अगाडि बढ्ने बताएका हुन् ।
- प्रधानमन्त्रीले राजनीतिक सहमतिलाई जोड दिएको कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।भेट सकारात्मक रहेको जनाउँदै प्रधानमन्त्री देउवाले ट्विटरमार्फत नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा विविध साझेदारीका बारेमा छलफल भएको जनाए । साथै सो भेटमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुनसक्ने सहयोगलगायतका विषयमा पनि गहन छलफल भएको छ ।
- सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाल सरकार र एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी सम्झौताअगाडि बढाउन आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको जानकारी गराए ।