एमसीसी खारेजीको माग गर्दै घोडाघोडीमा प्रदर्शन
भाद्र २३ सुखड ।। कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ । भुखाली चौक देखि सुरु भएको विरोध र्याली सुखड चोक पुगेर कोण सभामा परिणत भएको थियो । देश भक्त युवाहरू भेला भएर एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
त्यस क्रममा उनीहरूले ‘एमसीसी खारेज गर,एमसीसी विरुद्ध आवाज उठाउनेहरु माथिको धरपकड बन्द गर, अमेरिकी साम्यवाद– मुर्दावाद, एमसीसी चाहिँदैन देश– बेच्न पाइँदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, हाम्रो नेपाल हाम्रो देश –प्राण भन्दा प्यारो छ, दलाल देश बेचुवा नेताहरू खबरदार,जस्ता नारा लगाएका थिए ।
एमसीसी परियोजना नेपालको हित विपरीत रहेको भन्दै खारेजी हुनु पर्ने उनीहरूको भनाई छ । एमसीसी परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै एमसीसी परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने देश भक्त युवाहरूले कोण सभामा बताएका थिए ।
सरकारले एमसीसी सम्झौता सदनमा पेस गर्ने तयारी गरिरहेका बेला सडकमा त्यस विरुद्धको प्रदर्शन चर्कँदै जान थालेको हो ।